जसपा नेपालले बढायो पदाधिकारी संख्या

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २७

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको संगठनात्मक संरचना विस्तार गर्दै पदाधिकारी र केन्द्रीय कार्यकारिणी सदस्यको संख्या बढाउने निर्णय गरेको छ।

बुधबार जारी गरिएको पार्टी परिपत्रअनुसार जसपाले एक जना उपाध्यक्ष र एक जना महासचिव थप गर्ने निर्णय गरेको हो। यससँगै उपाध्यक्षको संख्या चारबाट पाँच पुगेको छ भने महासचिवको संख्या तीनबाट बढाएर चार बनाइएको छ।

त्यस्तै, केन्द्रीय कार्यकारिणी सदस्य सात जना थप्ने निर्णय पनि भएको छ। तीमध्ये एक जना दलित, दुई जना महिला, एक जना मुस्लिम र तीन जना खुला तर्फबाट रहने व्यवस्था गरिएको छ।

पार्टीको आगामी केन्द्रीय समितिबाट उपाध्यक्ष, महासचिव र केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने निर्णय लागू गरिने परिपत्रमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *