खुम्बुमा प्रथम चरणको निःशुल्क पशुपन्छी खोप कार्यक्रम हुदैँ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा प्रथम चरणको निःशुल्क पशुपन्छी खोप कार्यक्रम सञ्चालन भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्लेरीको चालु आर्थिक वर्ष २०८२/८३ को बार्षिक स्वीकृत कार्याक्रम तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका पशु सेवा शाखाको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

पशुपन्छीमा देखिने रोग नियन्त्रणका उद्देश्यका साथ गाइभैसीहरुमा लाग्ने खोरेत खोप ,बंगुरमा लाग्ने क्लासिकल स्वाइन फिभर, बाख्रामा लाग्ने पी.पी.आर.विरुद्धका खोप कार्याक्रम सबै वडाहरुमा सच्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

उक्त खोप कार्याक्रम कात्तिक २३ गते वडा नं. २ सच्चालन हुने छ भने कात्तिक २४ गते देखि २८ गतेसम्म वडा नं। १ मा सच्चालन गरिने छ । त्यस्तै मंसिर १ देखि ४ गतेसम्म वडा नं. २ मा, मंसिर ६ गते देखि १० गतेसम्म – वडा नं.३ मा सच्चालन हुने छ । (वडा नं. ४ र ५ का लागि तालिका पछि सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ । खोप लगाउन ल्याइने पशुहरूको उमेर कम्तीमा चार महिना पूरा भएको हुनुपर्ने छ ।

भेटेरिनरी अस्पतालका अनुसार यो अभियानले गाउँपालिकाभित्रका घरेलु पशुपन्छीमा देखिने विभिन्न रोगहरूको जोखिम घटाउने र कृषकहरूको आर्थिक सुरक्षामा सहयोग पु¥याउने अपेक्षा गरिएको छ। गाउँपालिकाले स्थानीय कृषकहरूलाई तोकिएको मिति र स्थानमा आफ्ना पशुपन्छी ल्याई खोप लगाइदिन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *