कोरोनाविरूद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरू

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ७

काठमाडौँ – कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोप आजदेखि लाउन सुरु भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिए ।

खोप आज (मंगलबार)देखि बैशाख ११ गतेसम्म बिहान १० बजे दिउँसो ४ बजेसम्म खोप लगाइने छ।

कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान देशभर सञ्चालन हुने जनाएको छ। प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन्। पहिलो चरणमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप ४ लाख ३८ हजार ८७९ जनाले लगाएका थिए।

कोरोनाविरूद्धकाे खाेपका लागि काठमाडौं उपत्यकाका लागि १९ केन्द्र तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *