थुलुङ दुधकोशीका सबै वडामा पशुपन्छीहरुलाई खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाइदैँ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा खोरेत रोग विरुद्धको निःशुल्क खोप लगाइने भएको छ । पालिकाको सबै वडाहरुमा पशुपन्छीहरुको रोग नियन्त्रण गर्ने उदेश्यले कार्तिक २३ गते देखि ३० गतेसम्म खोप सञ्चालन गर्न लागिएको हो ।

खोपको पहिलो दिन कातिक २३ गते नेले , लोखिम र मुक्लीमा खोप कार्यक्रम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राइले जानकारी दिएका छन् ।

त्यसैगरी कागेलमा कातिक २३ गतेदेखि २६ गतेसम्म खोप लगाइनेछ। जुबु ४ मा कातिक २३ गते देखि कातिक २६ गतेसम्म सच्चालन हुने छ । जुबु ५ र पचनमा कातिक २७ गतेबाट खोप सुरु हुने छ ।

यस्तै वडा न ७ देउसामा कातिक २३ गते देखि कातिक २६ गतेसम्म खोप लगाइने छ भने देउसा ८ मा कातिक २७ गते खोप लगाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अभियान मार्फत गाईभैसीमा लाग्ने विभिन्न रोगबाट पशु संरक्षण गर्ने लक्ष्य राखेको छ। खोप कार्यक्रममा स्थानीय पशुपालकहरूलाई सहभागी गराउने र खोप लगाउने काम सुनिश्चित गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *