|
२०८२ कार्तिक २
भद्रपुर — झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु अलपत्र अवस्थामा फेला परेकी छिन्। करिब ४–५ दिनको अनुमान गरिएको शिशु सीमा आचार्यको घरको बरन्डामा भेटिएको हो।
ताप्लेजुङको श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बू, जो सो घरमा भाडामा बसिरहेका छन्, उनले बिहीबार राति करिब ९ बजे शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई खबर गरेका थिए।
सूचना पाएपछि प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। स्थानीय बासिन्दा, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको हो।
प्रहरीका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्