|
२०८३ भाद्र ८
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने र सोही बैठकमा कार्कीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ।
एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिपछि नयाँ मन्त्री नियुक्त भएका थिए। यसअघि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्