|
२०८२ चैत्र २३
काठमाण्डौँ । नेकपा एमालेले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने भएको छ ।
संघीय संसद सचिवालयले आज आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले सो जानकारी गराएको हो ।
बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरुसँग कुरा गर्दैृ उक्त कुरा बताएका हुन् । संविधान प्रदत्त नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हकसँग सम्बन्धित अधिकारहरु सही रुपले प्रयोग गर्न सकौं भनेर सरकारलाई खबरदारी गर्ने बताए । अन्यथा सरकारको प्रतिवाद गर्ने उनले चेतावनी दिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्