|
२०८३ बैशाख ५
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारलाई एसपीपी र एमसीसी खारेज गर्न आग्रह गरेका छन्।
शनिबार पत्रकार सम्मेलनमार्फत समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्दै उनले राष्ट्रहितका नाममा यी सम्झौताहरू पुनः समीक्षा गरी खारेज गर्नुपर्ने बताएका हुन्।
प्रसाईँले देशमा प्रभावकारी प्रतिपक्षको अभाव रहेको पनि टिप्पणी गरे। उनका अनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षमा रहने अपेक्षा भए पनि सरकारमै सहभागी भएकाले संसद् प्रतिपक्षविहीन जस्तो देखिएको छ।
उनले केही समय मौन रहँदा पनि अन्ततः वर्तमान राजनीतिक अवस्थाबारे बोल्न बाध्य भएको उल्लेख गर्दै सरकारलाई जनताको हितअनुसार निर्णय लिन आग्रह गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्