एकता नभएपछि उज्यालो नेपाल पार्टी समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उनेपाले संवाद गरेको थियो । काठमाडौंका मेयर बालेनसँग पक्षसँग एकता गर्न उनेपाले पहिलो प्राथमिकतामा राखेको थियो । बालेन रास्वपासँग मिलेपछि पनि त्रिपक्षीय संवाद भएका थिए ।

पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको हो । उनेपाका प्रवक्ता डा. राजु थापाले एकता सम्भव नभएको हुँदा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने कार्य भइरहेको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *