|
२०८२ कार्तिक २८
काठमाण्डौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएयता निर्वाचन आयोगमा दल दर्ताको काम धमाधम भइरहेको छ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनयता दल दर्ताका लागि २७ वटा निवेदन परेका छन् । त्यसअघिका ९ वटा निवेदन समेत गरी ३६ वटा दल दर्ताका निवेदन आयोगमा विचाराधीन अवस्थामा छ ।
शुक्रबार मात्रै एकै दिन ४ वटा नयाँ दलले दर्ताको लागि निवेदन दिएका हुन् । आयोगका अनुसार अद्यावधिक दलको संख्या हाल १ सय २६ वटा रहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्