काठमाण्डौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा।बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।
साथै मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन् ।
‘अध्यक्ष भट्टराईले राजीनामा दिनुभएको होइन, पद त्याग गर्नुभएको हो । उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने भनिएको छ । महाधिवेशन कहिले गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।
भदौ २३ र २४ गते जेनजीले विद्रोह गर्दा भट्टराई समेत निशानामा परेका थिए । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरी ध्वस्त बनाएको थियो । तर भट्टराईले जेनजीले उठाएको मागलाई समर्थन गर्दै आएका छन् ।
जेनजीको विद्रोहले राजनीतिक दलहरूको नेतृत्वमाथि पद छोड्न पार्टीभित्र दबाब बढ्दै आएको बेला उनले नैतिकताका आधारमा पद त्याग गरेका हुन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्