
काठमाण्डौँ । जेठ १५ गते राप्रपासहितका राजावादी समूहले तोकेको प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न गरेका छन् ।
कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन् । बिहीबारको कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले बताएका छन् ।
प्रदर्शन सकिएपछि भएको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया