×

१०–१५ हजारका जुलुस सधैं हुने भएकाले कुनै नौलो कुरा नभएको प्रधानमन्त्री ओली

चैत्र १३, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् ।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरेका छन् ।

चैत १५ समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

उनले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै भोलि पनि त्यही हुने जिकिर गरेका छन् ।

यस्ता सभा सधैँ हुने गरेको भन्दै उनले वास्ता नगर्न पनि आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: