×

रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बोलाउने निर्णय

चैत्र ३, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्को हप्ता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

‘सचिवालय बैठक बोलाउने निर्णय गरेको छ तर कुन दिन कति बजे बस्ने भन्नेबारे निश्चित नभएको बताइएको छ ।

यसअघि रास्वपाले वैशाखको तेस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दा लागेकोले निर्धारित समयमै महाधिवेशन हुने वा नहुनेमा अन्योल देखिएको छ । यद्यपि नेताहरूले निर्धारित समयमै महाधिवेशन हुने दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: