राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ३१

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भइरहको सो पार्टीका नेता मनिष झाले जानकारी दिए । उनका अनुसार भेलामा पेश गर्ने सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन, विचार, संसदीय अभ्यास, पार्टी संगठनलगायत दस्तावेजमाथि छलफल भइरहेको छ ।

शनिबार बसेको बैठकमा छलफल हुन बाँकी विषयमाथि छलफल केन्द्रीत रहेको पार्टीका कार्यवहाक प्रवक्ता समेत रहेका झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *