×

रास्वपाले केन्द्रीय समिति बैठक भोलि बस्दै

बैशाख ३, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यबाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने बताइएको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार, बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले बताएका छन् ।

जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण लगायतका विषयमा विशेष रिपोर्टिङ हुने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: