कांग्रेस पदाधकारी एवं पूर्वपदाधिकारीहरूको बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २६

काठमाडौँ : नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधकारी एवं पूर्वपदाधिकारीहरूको बैठक अहिले जारी छ।

उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउनका लागि शीर्ष नेताहरूको बैठक बसिरहेको छ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो। सोही विषयमा पार्टीका नेताहरूको धारणा बुझ्न सभापति देउवाले बैठक बोलाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *