प्रधानमन्त्री महासभामा सहभागी हुन असोज ६ गते न्यूयोर्क जाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २२

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहले महासभामा नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुने तय भए पनि भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री शाह आफैँ जाने निर्णय भएको हो ।

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउने

भोटेकोशी बाढीबाट भएको विनाशलाई जलवायु परिवर्तनसँग जोड्दै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अवस्था विश्व समुदायसमक्ष राख्ने तयारी गरेका छन् । साथै नेपालले भोगिरहेको जलवायुजन्य जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने सरकारको तयारी छ । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *