रवि लामिछानेलाई पोखरा लगिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर २६

पर्सा : पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ।

बयान पूरा भएपछि उक्त कार्यालयले लामिछानेलाई विमानबाट कास्की पठाउने क्रममा सिमरा विमानस्थलमा पुर्‍याएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौला सहितको टोलीले लामिछानेसँग बयान लिएको थियो। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्‍याइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *