सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौंमै रहन एमालेको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २५

काठमाडौं : नेकपा एमालेले असोज ३ गतेसम्म काठमाडौं नछोड्न निर्देशन दिएको छ। जस्तो पनि परिस्थिति आउन सक्ने भएकाले संसदमा बलियो उपस्थिति बनाउन आफ्ना सांसदहरूलाई एमालेले निर्देशन दिएको हो। आफूहरूलाई केही समय काठमाडौं नछोड्न निर्देशन आएको एमालेका एक सांसदले भने।

राजनीतिक घटनाक्रम फरक ढंगले अघि बढ्ला जस्तो छ, संसदमा विधेयकहरू पनि पारित गर्नुपर्नेछ। असोज ३ गतेसम्म काठमाडौं नछोड्नुहोला भन्ने अनौपचारिक सन्देश आएको ती सांसदले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा सत्ता साझेदार दलहरू सहमत भएका थिए। प्रक्रिया पुर्‍याएर सकेसम्मै आजै उपसभामुखविरूद्ध प्रस्ताव दर्ता गर्ने विषयमा सोमबारको बैठकमा सहमति जुटेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *