मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न कर्णालीमा एमालेको ह्वीप जारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३

काठमाडौं – कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। बैठक ११ बजेका लागि बोलाइएको छ। पछिल्लो समय प्रदेशसभाको ठुलो दल एमालेले प्रदेश सरकार गठनका लागि दावी गरेको छ।

संसदीय दलका नेता यमलाल कँडेलका अनुसार ११ बजे बस्ने बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गर्दैछ। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ ।

संसदीय दलको बैठकले पार्टीका सांसदहरुलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्ने कँडेलले जानकारी दिए। प्रदेशसभा बैठकअघि नयाँ सरकार बनाउने नीतिका साथ प्रस्तुत हुन आफ्ना सांसदहरुलाई एमालेले निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *