दुई तिहाइको प्रधानमन्त्री बन्दै छु, तपाईं पनि राजीनामा दिएर आउनुहोस् : ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १८

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे मंगलबार बिहान बालुवाटार पुगेर जानकारी गराउँदै ओलीले यस्तो बताएका हुन्। ‘म दुई तिहाई बहुमतको प्रधानमन्त्री बन्दै छु,’ ओलीले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुनेछ।’ साथै, ओलीले माओवादी केन्द्रलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

‘तपाईं पनि यो राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने गरी आउनुहोस्,’ स्रोतले भन्यो। सोमबार कांग्रेससँग सहकार्यको समझदारी बनाएका ओली मंगलबार बिहानै ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटारमा उनले पछिल्लो समझदारी र अब बन्ने सरकारको बारेमा प्रचण्डलाई जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *