संविधान संशोधनको प्रक्रियालाई स्वीकार्ने दललाई नयाँ सरकारमा समावेश गरिनेः पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १८

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनसहितको प्रक्रियालाई स्वीकार्ने दलहरूलाई नयाँ सरकारमा समावेश गरिने बताएका छन्।

आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरुप कानून समेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्त्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको छ। यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने छ।’

वर्तमान गठबन्धन सरकारसँग असन्तुष्ट बनेका एमाले अध्यक्ष ओलीले सोमवार मध्यरातमा नेपाली कांग्रेससँग नयाँ सरकार बनाउने सहमति गरेका छन्। जसमा ओली २ वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि चुनाव अवधिसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने, संविधान संशोधन र पुनरावलोकन लगायतका ७ बुँधे समझदारी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *