
काठमाडौँ । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङकाृले मतान्तर घटाउँदै लगेका छन् ।
अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ ।
नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ ।
कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १६४३ मत ल्याएका छन् ।
एमाले उम्मेदवार नेम्वाङले १६०३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले ४३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३०५ मत प्राप्त गरेका छन् ।
अहिले फाकफोकथुम गाउँपालिकाकै वडा नम्बर ४ मा खसेको मत गणना भइरहेको छ । अहिलेसम्म वडा नम्बर १, २ र ३ को गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया