मुस्ताङमा २६१ मतले कांग्रेसको अग्रता कायमै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ५

०५ मङि्सर २०७९ ०७:३६

जोमसोम : मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। पछिल्लो प्राप्त विवरण अनुसार नेपाली कांगे्रसका योगेश गौचन थकालीले २६१ मतले अग्रता लिएका छन्। कांग्रेसका योगेशले १०६८ मत पाउँदा नेकपा(एमाले)का प्रेमप्रसाद तुलाचनले ८०७ मत प्राप्त गरेका छन्। 

यस्तै रास्वपाले १२ मत पाएको छ। बदर मत ३३ पुगेको छ। बिहान ३ बजेर ३५ मिनेट जादा सुरु गरिएको मतगणनामा अहिलेसम्म ३९ वटा मतदान केन्द्र मध्ये ९ वटा मतदान केन्द्रको मतगणना भइसकेको छ।

प्रतिनिधिसभातर्फ हालसम्म लोमान्थाङ,मराङ,चिमाङ,लेते,छोसेर,सौरु,मार्फा,चराङ र फल्याक मतदान केन्द्रको गणना भइसकेको छ। 

तेस्रो चरणमा अहिले ढाक्मर,स्याङ,घाँसा र छोनुपको मतगणना जारी छ। यस्तै, घमी,छैरो,नेफुक,ठिनी,घिलिङ र साङ्ता मतदान केन्द्रको पनि मतगणना हुँदैछ। अहिले दुई स्थानमा मतगणना सुरु गरिएको हो। मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७२३० मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *