
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् ।
डिनाले एमालेका उम्मेदवार थापा विरोध १ हजार ८८४ मतको फराकिलो अन्तर बनाएकी छिन् । हालसम्म कुम १२ हजार ६६५ मत गणना गर्दा डिनाले ६ हजार ५८ मत पाएकी छिन् भने थापाले ४ हजार १७४ मत पाएका छन् ।
यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १६९ मत प्राप्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया