×

अनेरास्ववियु (क्रान्तिकारी) सोलुखुम्बुको अध्यक्षमा कुमार जमर कटेल र सचीव अर्जुन खालिङ चयन

भदौ २१, २०७८ | दाक्सु मिडिया

अर्जुन खालिङ्ग राई, सोलुखुम्बु ।

अनेरास्ववियु (क्रान्तिकारी) सोलुखुम्बुको अध्यक्षमा कुमार जमर कटेल र सचीव अर्जुन खालिङ चयन

अखिल क्रान्तिकारी सोलुखुम्बुको आठौ जिल्ला सम्मेलन सप्पन्न भएको छ । भदौ २० गते भएको अखिल क्रान्तिकारीको सम्मेलन जिल्ला सदरमुकाम सल्लेरिको जिबिस हलमा भएको अधिबेशन बाट विद्यार्थी नेता कुमार जमरकटेल अध्यक्षतामा सर्बसहमत भएको हुन । जम्मा ७ सदस्य पदाधिकारी र ५१ सदस्य जिल्ला कमिटी निर्माण भएको हो
” राष्ट्रिय र स्वाधीनताको आन्दोलन , बैज्ञानिक तथा व्यबहारिक शिक्षा प्राप्तिको लागि आठौं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सङ्ठनका अध्यक्ष अम्बिरकाजि राइको अध्यक्षतामा भएको कार्यक्रममा सङ्ठनका केन्द्रिय उपाध्यक्ष पन्चा सिंहको प्रमुखआतिथ्यमा सोलुखुम्बु पार्टी अध्यक्ष गम्बु शेर्पा ,सचिव तथा थुलुङ दुधकोसी गाउपालिका अध्यक्ष असिम थुलुङ , महाकुलुङ गाउपालिका अध्यक्ष सागर किराँती , पुर्व विद्यार्थी नेता तथा जिल्ला पार्टी उपाध्यक्ष धुर्ब पराजुलि ,सङ्ठनका फ्याक्स इन्चार्ज रामकिरण राई , सङ्ठनका प्रदेश अध्यक्ष मदन भट्टराई ,ओखलढुंगा फ्याक्सन इन्चार्ज वसन्त कटवाल ,अखिल क्रान्तिकारि सोलुखुम्बु इन्चार्ज तथा केन्द्रिय सदस्य प्रदिप बास्कोटा , उदयपुर इन्चार्ज तथा केन्द्रिय सदस्य भरत घिमिरे लगायत विभिन्न ब्यक्तीहरुको उपस्थितमा आठौ जिल्ला सम्मेलन सम्पन भएको हो ।
जिल्लाको विभिन्न स्थानीय तहाबाट प्रतिनिधिमुलक रूपमा भएको सम्मेलनबाट सर्बसहमत रूपमा कार्यसमिति चयन भएको हो ।
अखिल क्रान्तिकारीको केन्द्रिय सम्मेलन असोज ८-१० गते सम्म काठमाडौंमा हुदैछ , उक्त सम्मेलनलाई सफल पार्न देसैभरी सङ्ठन बनाउन, अधिबेशन गर्दै गैरहेको छ ।नेपालको विद्यार्थी राजनीति आन्दोलनमा अखिल क्रान्तिकारीको आफ्नो छुटै आफ्नै इतिहास रहेको छ ।
प्रमुख अतिथि सिंहले अबको विद्यार्थी आन्दोलनले शैक्षिक मुद्दालाई अगाडि बढाउने ,ब्यबहारिक शिक्षा लाई प्राथमिकता दिने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै उत्पादनमा विद्यार्थीलाइ जोड्न अगाडि बढ्ने बताइन । कार्यक्रममा माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष ,सचीव ,उपाध्यक्ष लगायत विभिन्न ब्यक्तीहरुले आफ्नो महत्त्वपूर्ण धारणा व्यक्त गरेको हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: