अनेरास्ववियु (क्रान्तिकारी) महाकुलुङ गाउँपालिकाको अध्यक्षमा किसन कुलुङ चयन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १६

अर्जुन खालिङ राई, सोलुखुम्बु।

अनेरास्ववियु (क्रान्तिकारी) महाकुलुङ गाउँपालिकाको अध्यक्षमा किसन कुलुङ चयन

जिल्ला दरमुकाम सल्लेरी सोलुखुम्बुमा आगामी भदौ २० तय भएको अनेरास्ववियु (क्रान्तिकारी)को आठौं जिल्ला सम्मेलनको लागी महाकुलुङ गाउँपालिका स्तरीय सम्मेलन सम्पन्न भएको हो ।
आठौं जिल्ला सम्मेलन आयोजना समितिका संयोजक अम्बिर काजी कुलुङको प्रमुख आथित्य तथा महाकुलुङ गाउँपालिका पार्टी अध्यक्ष बिरेन्द्र कुलुङको बिशिस्ट आथित्यामा बुङको चोङ्खिदो पार्टी कार्यलयमा आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
गाउँपालिकाको सम्मेलन बाट २९ सदस्यीय कमिटी बिस्तार गरिएको हो । जसमा अध्यक्ष किसन कुलुङ, उपाध्यक्ष शुक्रराज कुलुङ र सुस्मिता कुलुङ ,सचिब गणेश कुलुङ , र कोषध्यक्ष सीता कुलुङ चयन भएका छन् ।
उक्त सम्मेलन बाट चयन भएका विद्यार्थीहरु आगामी जिल्ला सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षकको रूपमा सहभागी हुन पाउने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *