|
२०८३ भाद्र ३
काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभामा कर्मचारी सञ्चय कोष र बालश्रमसम्बन्धी विधेयकमाथि छलफल अघि बढाउने तयारी छ। साथै नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पनि सदनमा पेस हुने सम्भावित कार्यसूची छ।
राष्ट्रियसभामा विभिन्न मन्त्रालयसँग सम्बन्धित लिखित तथा मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। यस्तै, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावमाथि पनि प्रक्रिया अघि बढाइनेछ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्