|
२०८२ चैत्र २७
काठमाण्डौँ । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजी आन्दोलनले देखाएको बाटोलाई आत्मसाथ गर्दै जेनजी समूहकी रुवी कुमारी ठाकुरलाई उपसभामुखमा अगाडि सारेको बताएका छन् । प्रतिनिधि सभामा उपसभामुखमा ठाकुरलाई प्रस्ताव गर्दै सांसद राईले मधेसकी चेली र जेनजी समूहकी ठाकुरलाई अगाडि सारेको बताए ।
उनले श्रम संस्कृति पार्टीलाई पूर्वको राईको पार्टी हो, पूर्वमै सिद्धिन्छ भन्ने कुरा चिन पनि मधेसकी चेलीलाई उपसभामुखको उम्मेदवार बनाएको बताए ।
श्रम संस्कृति पार्टी जात, धर्म, वर्ग र लिङ्गलाई एकताको मालामा उनेर अगाडि बढ्ने बताए । उनले उपसभामुख बनेपछि ठाकुरले नेपालको न्यायको पक्षमा उभिनेमा आफू विश्वस्त रहेको पनि बताए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्