उपसभामुखमा साथ नपाएपछि रास्वपासँग चिँडिए ज्ञानेन्द्र शाही

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चिँडिएका छन् ।

उपसभामाुखमा रास्वपाले नै प्रस्ताव गरेपछि उम्मेदवारी दिएको तर, पछि रास्वपाले अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भनेर उनी चिँडिएका हुन् ।

एकातर्फ उपसभामुखको सन्दर्भमा पूराना राजनीतिक दलले आफूलाई बाइपास गरेर छलफल चलाइरहेको र अर्कोतिर रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको उनले दोहोर्‍याए ।

तर, पछि रास्वपा र पूराना दलहरू एकातिर रहन पुगेको उनले बताए ।

उनले भनेका छन्, ‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको छ । हिजो पूराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ ।’

विदेशीको गोटी भइरहनेहरू र राष्ट्रवादी कित्ता क्लियर भएको भनेर पनि उनले व्यंग्य गरे । रास्वपाले उपसभामुखमा सहयोग गर्ने वचन दिएर पनि धोका दिएको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *