उपसभामुखलाई आजै साँझ शपथ खुवाउने शीतल निवासको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

काठमाण्डौँ । उपसभामुखलाई आजै शपथग्रहण गराइने भएको छ । आज साँझ ६ बजेका लागि शपथको समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जानकारी दिएको छ ।

आज अपराहन्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्दैछ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ मत छ । पार्टीले ठाकुरलाई समर्थन गरेकोले उनी निर्वाचित हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *