|
२०८२ फाल्गुन २६
काठमाण्डौँ । प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएक छ । हालसम्म रास्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ ।
समानुपातिकमा ५० लाख कटाएसँगै रास्वपा समग्रमा दुई तिहाइ नजिकै पुगेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६, तेस्रो भएको एमालेले १४ लाख १३ हजथार ६९ र चौथौ भएको नेकपाले ७ लाख ६७ हजार ३२७ मत पाएको छ ।
यस्तै, पाँचौ भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २५ हजार ३७५ मत ल्याएको छ । समानुपातिकतर्फ हालसम्म एक करोड ४ लाख ४३ हजार २७२ मतगणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्