काठमाण्डौँ । अनेकौँ आशङ्काबिच निर्वाचन आयोगको कार्यतालिका अनुसार नै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन गरेका छन् ।
तोकिएको समयभित्र नयाँ तथा पुराना दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएसँगै निर्वाचनसम्बन्धी अन्योल हट्दै मुलुक चुनावी महासङ्ग्राममा होमिएको हो ।
फागुनमा २१ हुने निर्वाचनलाई केन्द्रमा राखेर दलहरू ध्रुवीकृत हुने क्रम पनि जारी नै छ । निर्वाचन आयोगमा मंगलबार बिहानसम्म ६४ दल वटा दलले आयोगबाट निस्सा लिइसकेका त्यसमध्ये केही सूची बुझाउने क्रममै छन् ।
कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपालगायत ठुला दलहरूले आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसकेका छन् । आयोगमा समानुपातिक निर्वाचनतर्फ ९३ दल दर्ता छन् । प्रतिनिधिसभाका २७५ सिटमध्ये समानुपातिकमा ११० निर्वाचित हुनेछन् । हालसम्म समानुपातिकतर्फ ३४२४ जना उम्मेदवार बन्दा ५४ वटा दल एकल चुनाव चिह्न र १० वटा दल चारवटा चुनाव चिह्नमा चुनाव लड्दैछन् ।
पछिल्लो पटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले एकै चुनाव चिह्नमा चुनाव लड्ने सहमति समेत गरेका छन् । त्यसबाहेक जसपा र लोसपा पार्टी एकताका लागि सहमति भैसकेको छ भने दुई राप्रपा पनि एकताको चरणमा छन् ।
उता नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १५ घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भैसकेको छ । दलहरूमा बढेको ध्रुवीकरण र तयारीले मुलुक अब चुनावमा होमिएको प्रस्ट हुन्छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्