काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोटेकोशी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्य संयोजन समितिको आइतबार बसेको बैठकले खोजी, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसँग विभिन्न माग तथा योजनासहित विशेष प्रस्ताव पारित गरेको हो ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिअनुसार बैठकले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै नेकपाले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनलाई बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका काममा सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ ।









दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्