भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २२

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ। बाढी आएको १३औँ दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

राष्ट्रिय शोकका क्रममा बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली तथा शोक व्यक्त गरिएको छ। सरकारले विपद्मा परी घाइते तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *