सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले पठायो ८ बुँदे प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो ।

आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

प्रस्तावहरु यस्ता छन्

–कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने

–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने

–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने

–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने

–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने

–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने

–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने

– विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *