|
२०८३ श्रावण ३१
झापा — हल्दिबारी–३ को जलथल क्षेत्रमा जङ्गली हात्तीको आवागमन बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। शुक्रबार राति तीनवटा हात्ती बस्ती पसेर घर, बालीनाली र अन्य संरचनामा क्षति पुर्याएका छन्।
करिब ११ः३० बजे गाउँ प्रवेश गरेका हात्ती रातभर आसपासका क्षेत्रमा घुमेका थिए। हात्तीको डरले स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन्। किशोर बानियाँ, आकाश आचार्य र अर्जुन खड्कालगायतका घर तथा खेतबारीमा क्षति पुगेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार जलथलमा वर्षौंदेखि मानव–हात्ती द्वन्द्व कायम छ। हात्तीको आवागमनबाट हुने क्षति रोक्न तत्कालको धपाउने उपायभन्दा दीर्घकालीन सुरक्षा योजना आवश्यक रहेको उनीहरूको माग छ।
स्थानीयले बस्ती र खेतीयोग्य जमिनको सुरक्षाका लागि सम्बन्धित निकायसँग प्रभावकारी व्यवस्थापन र स्थायी समाधान खोज्न आग्रह गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्