झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २१

काठमाण्डौँ । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रु एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ ।

जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्ती पीडितलाई एक करोड ३७ लाख ३८ हजार ६४ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन् भने एउटा हात्ती मृत फेला परेको उनले बताए ।

हात्तीको आक्रमणबाट सख्त खाइते दुई जनालाई चार लाख, मृतक चार जनाको परिवारलाई ४० लाख, १० वटा पशुधन क्षतिवापत रु एक लाख, एक सय ८४ परिवारले भण्डार गरेको अन्नमा क्षति भएबापत १४ लाख ५३ हजार सात सय ६४, दुई सय ३५ वटा घरगोठमा क्षति भएबापत ३७ लाख २२ हजार तीन सय र चार सय ४८ किसानको अन्नबालीमा क्षति पुर्याएबापत ४० लाख ६२ हजार क्षतिपूर्ति उपलब्ध गराइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *