काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी गरेका छन् ।
खड्का निवास गोल्फुटारमा बिहान ११ बजेदेखि मध्यान्ह साढे १२ बजेसम्म तीन नेताबिच कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए ।
सभापति थापाले आफूसँग वैशाख ६ गते गरेको भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको भेलामा ब्रिफिङ गरेका थिए । वैशाख १५ गते स्मार्ट होटलमा भएको समूहको भेलामा खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका विषयबारे नेताहरूलाई जानकारी गराए ।
खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएको जानकारी गराएका थिए ।
सभापति थापाले हिजो बिहान कांग्रेस नेता डा.शेखर कोइरालालाई पनि भेटेका थिए ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्