|
२०८३ श्रावण ६
नयाँ दिल्ली : भारतमा सामाजिक सञ्जालबाट सुरु भएको (कक्रोच) अभियान अहिले युवा आन्दोलनका रूपमा फैलिएको छ। परीक्षा प्रणालीका कमजोरी, प्रश्नपत्र चुहावट र बेरोजगारीको विरोधमा सुरु भएको अभियानले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएको छ।
आन्दोलनकारीले शिक्षा प्रणाली सुधार, शिक्षामन्त्रीको राजीनामा तथा प्रभावित विद्यार्थीलाई क्षतिपूर्तिको माग गरेका छन्। आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ।
विश्लेषकहरूका अनुसार यो अभियान भारतका युवामा बढ्दो असन्तुष्टिको संकेत बनेको छ र आगामी राजनीतिक समीकरणमा पनि यसको प्रभाव देखिन सक्छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्