|
२०७८ बैशाख १३
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसको संक्रमणको प्रकोप निकै रफ्तारमा फैलिएको छ। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र ३,५२,९९१ सङ्क्रमित फेला परेका छन् भने देशभर १,७३,१३,१६३ ब्यक्ति सङ्क्रमित छन्।
विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमित मध्ये यो नै सबैभन्दा ठुलो संख्या हो ।
कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार आठ सय बाह्र जनाको मृत्यु भए पश्चात भारतमा मृत्यु हुनेको संख्या १,९५,१२३ पुगेको छ। तीमध्ये एक करोड ४२ लाख संक्रमणमुक्त भएका छन् ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्