×

एसइईमा वर्षेनी लापरबाही, एक घण्टा नहुँदै बाहिरियो प्रश्नपत्र

चैत्र ६, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनमा गम्भीर लापरबाही भएको पाइएको छ । परीक्षा सञ्चालनको पहिलो दिनमै विभिन्न जिल्लाहरूमा परीक्षा सञ्चालन भएको एक घण्टामै प्रश्नपत्र बाहिरिएको छ। जसकारण एसइई परीक्षा सञ्चालनमै गम्भीर प्रश्न खडा भएको छ ।

एसइई परीक्षा सुरू भएको एकघण्टा नबित्दै धनुषा जिल्लाको जनकपुरस्थित एउटा परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ। अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको एक घण्टामै सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक भएको हो ।

यसरी प्रश्नपत्र बाहिरिएपछि मधेश प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयले छानविन गर्न निर्देशन दिएको छ। केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने अनुमान गरिएको छ । शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालले प्रश्नपत्र बाहिरिएको जानकारी आए पनि कुन परीक्षा केन्द्रबाट बाहिरिएको हो भन्ने नखुलेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: