चुनावले शैक्षिक क्यालेन्डर प्रभावित हुने भएकाले एसईई सर्न सक्छ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका कारण शैक्षिक क्यालेन्डर प्रभावित हुने भएको छ । चुनावका कारण परीक्षा तालिकामा केही परिमार्जन गर्नुपर्ने देखिएको छ ।

फागुन–चैत महिना विद्यालय तहको अन्तिम परीक्षा हुने समय हो । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतको पहिलो साता गर्ने तालिका सार्वजनिक गरेको छ ।

तर, निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा केही परिमार्जन गर्नुपर्ने भएको हो । यसबारे राष्ट्रिय परीक्षा बोर्डले थप निर्णय गर्ने तयारी गरेको छ ।

माघको पहिलो साता एसईईको रुटिन सार्वजनिक गर्ने कार्यतालिका छ । निर्वाचनको मतपत्र र प्रश्नपत्र छपाइको तालिका मिलाउनुपर्ने भएकाले पनि केही तलमाथि हुन सक्नेछ ।

जनक शिक्षाका अनुसार सोमबारदेखि मतपत्र छपाइको काम सुरु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *