|
साउन ६, २०८३
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँग भेटवार्ता गर्ने भएका छन्। हस्तकला उद्योगको विकास, उत्पादन विस्तार र निर्यात प्रवर्द्धनका विषयमा सुझाव लिन छलफल तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
भेटमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यसहित अन्य पदाधिकारी तथा हस्तकला निर्यात क्षेत्रमा सक्रिय प्रतिनिधिहरू सहभागी हुनेछन्।
सरकारले हस्तकला क्षेत्रलाई आर्थिक वृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने तयारीस्वरूप यो छलफल आयोजना गरिएको बताइएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्