समानुपातिक सांसदसँग प्रधानमन्त्रीको प्रत्यक्ष संवाद आज

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २

काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकारले आज संघीय संसदका समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूसँग छलफल कार्यक्रम आयोजना गर्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे हुने उक्त कार्यक्रममा विभिन्न दलका सांसदहरूले आफ्ना समुदाय र क्लस्टरका समस्या, चुनौती तथा सम्भावित समाधानबारे धारणा राख्नेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यस कार्यक्रमको उद्देश्य जनप्रतिनिधि र सरकारबीच प्रत्यक्ष संवाद बढाउँदै नीति निर्माण र कार्यान्वयनलाई थप प्रभावकारी बनाउनु हो।

यसअघि पनि प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग क्षेत्रगत रूपमा छलफल गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *