|
२०८३ श्रावण १
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता तथा चप्पल उद्योगको अवस्था, बजार विस्तार र नीतिगत सुधारका विषयमा फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने तथा सल्लाहकार कालीदास गौतमलगायतसँग हुने भेटमा स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योगका चुनौती र आत्मनिर्भरता अभिवृद्धिका उपायबारे विचार–विमर्श हुनेछ।
सरकारले विभिन्न पेसा–व्यवसायसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत यो छलफल आयोजना गरिएको हो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्