न्यायको माग गर्दै सिंहदरबार गेटमा निहारिका र बिनुको प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २

काठमाडौं । न्यायको माग गर्दै आन्दोलनरत निहारिका राजपुत र बिनु यादवले सिंहदरबारको दक्षिण गेटमा घण्टी बजाएर विरोध प्रदर्शन गरेका छन्।

गृहमन्त्रीसँग भेट गरी आफ्ना माग राख्न मन्त्रालय पुगेका उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै प्रतीकात्मक विरोध गरेका हुन्।

पाँच दिनदेखि धर्नामा रहेका उनीहरूले सरकारसँग आफ्ना समस्या सम्बोधन गर्न माग गर्दै नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई हटाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *