इनिशा विश्वकर्मालाई न्याय माग गर्दै सिरहामा प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २

काठमाण्डौँ । सुर्खेतकी इनिशा विश्वकर्माको हत्या तथा रौतहटमा दलित समुदायमाथि भएको सामूहिक कुटपिट घटनाको विरोधमा गर्दै सिरहामा प्रदर्शन भएको छ ।

दलित विकास मञ्चको आयोजना तथा विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा गोलबजारमा सोमबार विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरूले हत्या तथा कुटपिट घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले गोलबजार क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गर्दै पीडितलाई न्याय दिन राज्य गम्भीर बन्नुपर्ने बताएका छन् ।

प्रदर्शनपछि गोलबजार मुख्यचोक गोलचक्करमा कोणसभा आयोजना गरिएको थियो । कोणसभामा वक्ताहरूले पछिल्ला दिनमा महिला र विशेषगरी दलित महिलामाथि, हिंसा र हत्या घटनाहरू बढ्दै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *