टेक्सासमा बाढीको संकट गहिरियो, जनधनको क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १

वाशिङ्टन डीसी : अमेरिकाको टेक्सास राज्यमा अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ।

केही स्थानमा पानीको सतह घट्न थाले पनि मौसमविद्ले आगामी २४ घण्टासम्म थप वर्षाको सम्भावना रहेकाले जोखिम अझै कायम रहेको बताएका छन्।

गभर्नर ग्रेग एबटले नागरिकलाई डुबान भएका सडक र बाढी प्रभावित क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरिएको छ भने स्थानीय प्रशासनले जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र आधिकारिक मौसम सूचनाको पालना गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

4 Comments

  1. Elijah3011

    July 17, 2026
  2. Eddie4086

    July 17, 2026
  3. Harvey4252

    July 17, 2026
  4. Donald3179

    July 17, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *